
टलक थापा ‘थकित’
म जिउदै छु मुटु भरी याँद साँचेर
आँखा भरी आँशुको बर्षात बोकेर
यो देश देशद्रोहीहरुकै हातमा छ
के गर्नु एउटा कविले राम्रो सोचेर
जान्न मन थियो अगाडि नै यो मलाई
काल ले पठाएन मृन्यूको मिति तोकेर
छातीमा देशको माँया छँदै छैन भने
के अर्थ भो र राष्टिय गान घोकेर
एकदिन अनर्थ हुनेछ,यी महल ढल्नेछन
सक्दै सक्दैन कसैले समयलाई रोकेर।।









