
काठमाडौँ।सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सहायक सीडीओ चेतराज बरालले जानकारी दिए ।
औरही गाउँपालिका–२ का गणेश यादवको निधन भएको खबर हामीले पाएका छौं,’ सहायक सीडीओ बरालले भने ।
अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

