
काठमाडौँ। नेपाल एसियाली खेलकुदअन्तर्गत करातेको कातामा पदकविहीन बनेको छ । मंगलबार तोयोहाशी जिम्नाजियममा टिम काताको कांस्य पदकका लागि भएको खेलमा नेपाल चाइनिज ताइपेइसँग ५–० ले निरास बन्यो ।
त्यसअघि क्वार्टरफाइनलमा पनि नेपाल भियतनामसँग ५–० ले नै पराजित भएको थियो । सानुमाया थिङ, एलिशा रासकोटी मगर र मेघा लिम्बुले टिम कातामा नेपालको प्रतिनिधित्व गरेका थिए ।
यसअघि एकल कातामा सानुमाया कोरियन खेलाडी चोई हेउनसँग ५–० ले पराजित हुँदै पहिलो चरण (अन्तिम–१६) बाटै बाहिरिएकी थिइन् ।


