
काठमाडौं । याँ पार्टी गठनको तयारीमा रहेका भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्दैछन्।
काठमाडौंको कार्की ब्यांक्वेटमा आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर आगामी नीति, विचार, दृष्टिकोणबारे जानकारी दिन लागिएको रावलले बताएका छन्।
‘परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे पत्रकार सम्मेलन गर्न लागिएको हो,’ रावलनिकट एकिन्द्र कुँवरले जानकारी दिए।
रावलले वाम, प्रगतिशील र प्रजातान्त्रिक विचारधाराका व्यक्तिहरू समेटेर नयाँ गैरकम्युनिस्ट पार्टी गठन गर्ने तयारी थालेका छन्। केही दिनअघि उनले नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल, सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीलगायतसँग पनि छलफल गरेका छन्।
लगत्तै रावलको देश दौडाहामा जाने तयारी रहेको बताइएको छ ।





