
बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद भङ्ग भएको घोषणा गरेका छन्।
मंगलबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संसद भंग भएको घोषणा गरेका हुन्।
आन्दोलनमा सहभागी नेताहरूले संसद भङ्ग नगरे आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने चेतावनी दिएका थिए।
संसद भंग नभए थप आन्दोलनका लागि तयारी अवस्थामै रहन पनि उनले प्रदर्शनरत विद्यार्थीहरूलाई बताएका थिए। उक्त माग राखेसँगै राष्ट्रपति शाहबुद्दिनले संसद भंग गरेका बताइएको छ ।





