
काठमाडौं । उत्तम कुँवर स्मारक पुरस्कार गुठीद्वारा स्थापित उत्तम शान्ति पुरस्कार २०८०’ निबन्धकार रोशन शेरचनद्वारा लिखित निबन्धकृति ‘गल्ली संसार’लाई प्रदान गरिएको छ । पुरस्कार एक लाख रुपैयाँ नगद सहित प्रदान गरियो ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.वासुदेव त्रिपाठी, गुठीका सभापति डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले शेरचनलाई पुरस्कृत गरे ।
वि.सं २०४४ सालबाट प्रदान गर्न थालिएको यस पुरस्कारबाट दर्जनौं साहित्यकारहरु पुरस्कृत भैसकेका छन् ।

