
चितवन ।सिमलधारास्थित सडकमा गएको पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग सुचारु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएपछि आइतबार बिहान ६:१५ बजेदेखि राजमार्ग दुईतर्फी रूपमा सुचारु भएको हो ।
शनिबार राति अन्दाजी १०:२५ बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारा पृथ्वीराजमार्गमा सडक माथिबाट रूखसहितको सुख्खा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएसँगै नारायणघाट-काठमाडौं जाने र आउने सवारीसाधनहरूको आवागमन पूर्ण रूपमा सुचारु भएको प्रहरीले जानकारी दिएको छ ।

