Indu Barma of Nepal and Esha Oza of United Arab Emirates with the Women's T20 Asia Cup trophy a day ahead of start of the ACC Women's T20 Asia Cup 2024 in Dambulla, Sri Lanka, on July 18, 2024.
Photo by: Deepak Malik / Asian Cricket Council / CREIMAS
RESTRICTED TO EDITORIAL USE
काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । आज पहिलो दिन शुक्रबार समूह ‘ए’का दुई खेल हुँदैछन् .
प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईबीच प्रतिस्पर्धा हुनेछ । यो खेल डम्बुला मैदानमा नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ । आजै हुने दोस्रो खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्। यो खेल सोही मैदानमा साँझ ७ः१५ बजे सुरु हुनेछ ।
साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट छनोट भएको हो । प्रतियोगितामा आठ टोलीको सहभागी छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ ।









