
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आईतबार विश्वासको मत लिने तयारी गरेका छन्।
लुम्बिनी प्रदेश सभाले २४ औं बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले वक्तव्यसहित आफूमाथी प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्ताव माथी छलफल भई उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री दिने सम्भावीत कार्यसूची रहेको प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिए। सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो।
मुख्यमन्त्रीसँग माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चा एक/एक गरी १२ जनाको मात्रै समर्थन रहेको देखिन्छ।




