काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशले अहिलेको संघीयता धान्न नसक्ने भन्दै खारेज गर्नुपर्ने बताएका छन् ।
कांग्रेस, एमाले, माओवादीको विकल्प दिने शक्ति राप्रपा नेपाललाई बनाउनु पर्ने भन्दै थापाले जनताको बीचमा जान ढिलाइ गर्न नहुने बताए ।
पार्टीको काठमाडौं–६ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले यस्तो कुरा बताएका हुन् । उनले देशमा अब मौलिक व्यवस्थाको खाँचो भएको बताए । उक्त कार्यक्रममा यो संघीयताले देश टाट पल्टने जिकिर गरे ।


