
विराटनगर ।वरिष्ठ कलाकार हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
नाकबाट रगत बगेपछि उनलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ ।
विराटनगरमा कामको शिलशिलामा पुगेका बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सहित पुगेका आचार्यको नाकबाट रगत बगेपछि परीक्षण गर्दा नाकभित्र घाउ देखिएको र शल्यक्रिया गरिएको थियो । आचार्यलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल पुगेका थिए । उनले आचार्यको अवस्था सामान्य रहेको बताएका छन् । उनले अभिनेताको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
नसिंगहोम परिसरमा कलाकारको स्वास्थ्यस्थिति बारे चासो राख्दै स्वास्थ्य लाभको कामना गर्न सर्वसाधारणको बाक्लो उपस्थिति रहेको बताइएको छ ।
अस्पताल स्रोतका अनुसार हाल उनको स्वास्थ्य अबस्था सामान्य रहेको तर आरामको लागि एकदुई दिन अस्पताल बस्नुपर्ने बताइएको छ ।







