]
काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आबासीय कबर्ड हल बनाउने कुरा गरेका छन् ।
आज काठमाडौंमा शुरु भएको आठौं एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै सो कुरा गरेका हुन् । आगामी आर्थिक बर्षमा भलिबलको लागि आवासीय कबर्ड हल बनाउने विषयमा छलफल शुरु भएको बताए ।नेपालमा भएको भलिवल खेलको सम्भावना ज्यादै रहेकोले सो खेलको विकासमा सरकारले कुनै कसुर नराख्ने र सबै मिलेर लाग्नुपर्नेमा उनले जोड दिए ।