हेटौडा। बागमती प्रदेश सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको छ । शुक्रवार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरियोस भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत भएको छ । मुख्यमन्त्री जम्मरकट्टेलले राखेको उक्त प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेश गरेकोमा उक्त प्रस्तावलाई बहुमत साँसदहरुले स्वीकृत गरेका थिए ।
गत जेठ १४ गते संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि जेठ १६ गतेदेखि छलफल गरी उठेका प्रश्नहरुको विषयमा मुख्यमन्त्री जम्मरकट्टेलले जवाफ दिएका थिए ।