काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ : १५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको हो ।
नेपालमा पछिल्लो समय ससना म्याग्निच्युडको भूकम्प जाने क्रम जारी छ ।




