काभ्रे । नेकपा एमाले काभ्रेको ११ औं अधिवेशनको निर्वाचन सम्पन्न भएको छ ।
बुधबार अबेर प्राप्त अन्तिम मत परिणाम अनुसार तीन सय ८० मत प्राप्त गरी नेकपा एमाले काभ्रेको अध्यक्ष पदमा राजन भूर्तेल विजयी भएका छन् । उनका प्रतिष्पर्धी चन्द्रबहादुर लामाले दुई सय ९९ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्ष पदमा देबसागर लामा,सचिवमा राजकुमार सापकोटा,निर्वाचित भएका छन् । देबसागरले चार सय ७१ मत पाएर विजयी भए भने सापकोटाले ४४४ मत प्राप्त गरेर विजयी भएका हुन् ।यसैगरी उपसचिव महिलामा पाँचखाल नगरपालिकाका उपप्रमुख सूर्यमान दनुवार ,खुला उपसचिव पदमा रत्नकुश रञ्जितकार विजयी भए ।
गत जेठ २८ गतेदेखि सुरु भएको जिल्ला अधिवेशन हिजो राती सम्पन्न भएको हो । प्रमुख निर्वाचन अधिकृत यज्ञराज पाण्डेका अनुसार ६७९ मत खसेको थियो । मेसिन भोटिंग प्रणालीमा निर्वाचन गराइएको उनले बताए ।