काठमाडौं। कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विरुवामा पानी सिँचित गर्दै विशेष महाधिवेशनको उद्घाटन गरेका छन् ।
पानसमा बत्ती बाल्दै उनीहरुले बीपी कोइरालाको तस्बिरमा माल्यार्पण पनि गरेका थिए ।
पूर्व उपसभापति गोपालमान श्रेष्ठले पार्टी भन्दा देश ठूलो हो भन्दै देश जोगाउन सबै लाग्नुपर्ने कुरा बताए ।
महाधिवेशनमा बक्ताहरुले बोल्ने क्रम जारी छ ।