मान्छे कविता
सानुराजा श्रेष्ठ ‘अन्जान’
ओ मान्छे !
किन सोच्दैनन् धनीहरू
गरीब मजदूर वर्गको
पेट क्याउँक्याउँ कराउँछ,
जसले पूंजीपति बनायो
अलिकति वर्ग जातको
सीमा–धर्सा बनाएर
अग्लो पर्खालका
सीमा–धर्सा लगाएर
किन विभेदको नारा लाउँछौ
देश समाज टुक्राएर –
मान्छे हुनुको आत्मबोध
मान्छे हुनुको महानतालाई
परिभाषित गर्न नखोजौं
ओ मान्छे –
मान्छे कविता हो
कविता मान्छे हो ।