काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले पोखरा एभेन्जर्समाथि ७ विकेटको सहज जित निकालेको छ।
पाँच खेलमा कर्णालीको यो तेस्रो जित हो।
पोखरा भने चार मध्ये तीन खेलमा पराजित भइसकेको छ।
पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
कर्णालीको जितमा गुल्सन झाले नटआउट ४९ रन जोडे। उनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।
बाबर हायत ७ रनमा आउट भए।
देवलाई विपिन खत्रीले एलबिडब्लूको धरापमा परे। बाबरलाई सागर ढकालले बोल्ड गरे। चाडविक वाल्टनले ३४ बलमा ४२ रन जोडे।
ीबहmष् दबलप
कीर्तिपुरस्थित त्रिवि मैदानमा दिनको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरालाई कर्णालीले अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि १६.४ ओभरमै अलआउट गर्यो।
बोसिस्टोले चार ओभरमा २८ रन खर्चिए। बोसिस्टो जारी एनपिएलको एकै इनिङ्ग्समा ६ विकेट लिने पहिलो खेलाडी बने। उनले १४औं ओभरमा तीन विकेट लिएका थिए। सो ओभरमा उनले दिलीप नाथलाई ३ रन, माइकल लिस्कलाई २ रन र नारायण जोशीलाई १ रनमा आउट गरे। नाथलाई क्याच गराएका उनले लिस्कलाई बोल्ड र नारायणलाई एलबिडब्लूको धरापमा आउट गरे।
१६औं ओभरमा उनले रेमन्ड राइफरलाई २० रनमा आउट गरेका थिए। त्यसअघि उनले कुशल भुर्तेललाई दशौं ओभरमा १० रन र १२औं ओभरमा माट क्रिचलीलाई शून्यमा बोल्ड गरे।
पोखराका ओपनरद्वय दिनेश खरेलले १९ बलमा २६ रन र आन्द्रेस गौसले १२ बलमा २५ रन जोडे। खरेललाई युनिस ठकुरीले छैटौं ओभरमा बोल्ड गर्दा विपिन शर्माले गौसलाई चौथो ओभरमा बोसिस्टोबाट क्याच गराए। खरेल र गौसबीच ४६ रनको साझेदारी हुनुबाहेक पोखराको इनिङ्ग्स कुनै बेला पनि सम्हालिन सकेन।
बलिङमा बोसिस्टोले ६ विकेट लिँदा विपिन, युनिस र कप्तान सोमपाल कामीले १/१ विकेट लिए।