काठमाडौं । घरेलु मैदानमा हुने त्रिदेशीय महिला क्रिकेट शृंखलाका निम्ति नेपालको टोली घोषणा भएको छ ।
आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
नेपाली टिममा यू–१९ टोलीकी कप्तान पूजा महतो पनि समावेश भएकी छन् । जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डले प्रतिस्पर्धा गर्ने तालिका छ ।
नेपाली टीममा इन्दु बर्मा (कप्तान) रुविना क्षेत्री,सीता रानामगर, विन्दु रावल, पूजा महतो,रेवती धामी, कविता कुँवर,सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, रोमा थापा, मनिषा उपध्याय, कविता जोशी, ईश्वरी विष्ट, अलिशाकुमारी यादव ।