काठमाडौं । चौथो आदिवासी चलचित्र महोत्सव बुधवारदेखि शुरु हुँदैछ ।
आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा राष्ट्रिय सभागृहमा महोत्सव शुरु हुँदैछ ।
यो महोत्सवमा लिम्बु,गुरुंग,तामाँग,मगर लगायत भाषाका चलचित्र र अन्य देशमा आदिवासीहरुका चलचित्र र विभिन्न वृत्तचित्र समेत प्रदर्शन हुने बताइएको छ ।
आजदेखि चारदिनसम्म चल्ने उक्त महोत्सबमा उत्कृष्ट चलचित्र,वृत्तचित्र र लघु चलचित्रलाई पुरस्कृत गरिने कार्यक्रम समेत रहेको महासंघका अध्यक्ष पुर्खाजित राईले जानकारी दिए ।