
काठमाडौं जेठ ११ गते । २२ औं यु–२० एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली मंगलबार हङकङ जाने भएको छ ।
मे २८ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुषमा बादल कार्कीले १ हजार ५ सय÷३ हजार मिटर दौड तथा प्रवीण रानाले १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । महिलामा अनुष्का अधिकारीले १ सय÷२ सय मिटर दौड, नारायणी भण्डारीले ८ सय÷१ हजार ५ सय मिटर दौड र संगीता विकले ४ सय÷८ सय मिटर दौडमा खेल्ने छन् ।
प्रशिक्षकमा रामबहादुर ओली तथा व्यवस्थापकमा गजबहादुर गुरुङ र दिलबहादुर बम रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।








