
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झापा फुटबल क्लबले बाँसबारी क्लब विरुद्ध २–० को सहज जित निकालेको छ । असिमजंग कार्की र शेरबहादुर धिमालले समान एक एक गोल गरे ।
खेलको नवौँ मिनेटमा शेरबहादुरले टोलीलाई अग्रता दिलाए । ९०औँ मिनेटमा असिमजंगले अग्रतालाई दोबर बनाउँदै टोलीको जित सुनिश्चित गरे ।जवाफमा बाँसबारी एक गोल पनि फर्काउन सकेन ।
जितसँगै झापा नवौँ स्थानमा उक्लेको छ । पराजित बाँसबारी भने पाँचौँ स्थानमा झरेको छ । बाँसबारीले कुल १० खेलमा पाँच जित र पाँच हारसहित १५ अंक बनाएको हो ।








