
काठमाडौँ।स्विट्जरल्याण्डले विश्वकपको दोस्रो खेलमा सानदार जित दर्ता गरेको छ ।
समूह बी अन्तर्गतको दोस्रो खेलमा स्विट्जरल्याण्डले बोस्निया हर्जगोभिनालाई पराजित गरेको हो । विश्वकपको पहिलो खेलमा कतारविरुद्ध स्विट्जरल्याण्डले १-१ को नतिजामा खेल टुंगाएको थियो ।
स्विट्जरल्याण्डको जितमा जोआन मनजाम्बीले २ र रुबेन भर्गासले १ गोल गरे । खेलको ७४ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका मनजाम्बीले ८९ औँ मिनेटमा अर्को गोल थपेका थिए ।
भर्गासले भने ८४ औँ मिनेटमा गोल गरेका थिए । बोस्नियाहर्जगोभिनाका लागि इर्मान मेमिचले अन्तिम समयमा एक गोल गरेका थिए । ९० मिनेटमा ग्रानिट जाकाले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्याण्डको स्कोर ४-२ बनाए ।
यो जितसँगै स्विट्जरल्याण्डले तालिकामा चार अंक जोडेको छ ।
