काठमाडौ । आइसीसी टी २० विश्वकप क्रिकेट खेलेको नेपाली टोली आज स्वदेश फर्कियो ।
टोलीलाई नेपाल क्रिकेट संघ(क्यान) का पदाधिकारीहरुले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
नेपाली टोलीका केही सदस्य बुधबार र केही बिहिबार फर्किएका थिए । कप्तान रोहित पौडेल,दीपेन्दसिंह ऐरी,सागर ढकाल ,सन्दीप जोशी सहितका बाँकी खेलाडी र अफिसियल आज फर्केका हुन् । हिजो राति नै कुशल भूर्तेल,सोमपाल कामी,आसिफ शेख,करण के.सी.,अबिनाश बोहरा लगायत फर्केका हुन् ।