काभ्रे । मानेश्वरी ब्वाईज क्लबको आयोजनामा काभ्रेको पनौतीमा अबस्थित क्षेत्रिय रंगशालामा जिल्लाब्यापी अन्तरविद्यालय स्तरीय छात्र तथा छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ ।
पनौती नगरपालिका मूख्य प्रायोजक रहेको उक्त प्रतियोगिताको उद्घाटन पनौती नगरप्रमुख रामशरण भण्डारीले शुक्रवार गरेका छन् ।
ृउक्त प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ ४ टीमको सहभागिता रहेको आयोजकले बताएका छन् । उक्त प्रतियोगितामा प्रथम हुने टीमले छात्रतर्फ २० हजार र दोश्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । शिल्ड,ट्रफी पनि पाउनेछन् । छात्रातर्फ पनि नगद तथा शिल्ड र ट्रफि पाउनेछन् । असार १ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुनेछ ।