
काठमाडौँ। नेकपा एमालेको केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने भएको छ ।
अध्यक्ष र महासचिवबीच छलफलका आधारमा असार १५ देखि २० को बीचमा बैठक बोलाउने गरी आइतबार सम्पन्न सचिवालय बैठकले निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
यस्तै सचिव महेश बैठकले आजको परिवेशमा नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको बताए । बैठकमा बाहिर आएजसरी नेतृत्व परिवर्तनको विषयमा कुनै छलफल नभएको समेत उनले दाबी गरे ।

