
पनौती,काभ्रे । गत शनिबार राति परेको चट्याङको कारण आगलागी हुँदा पनौती ३,तेलमालेका का राजु सापकोटाको घर जलेको छ ।
सापकोटाको घरपूर्ण आगलागीले जलेर घरभित्रका सबै सुनचाँदी,कपडा र अन्नपात समुल नष्ट भएको छ ।
सापकोटाले गत २०७२ सालको भुइँचालोमा भत्किएको घर ज्यालाबुनी गरेर बनाएका थिए ।
ज्यालाबुनी गरेर जिविकोपार्जन गर्ने सापकोटाको परिवारमा श्रीमती,एक छोरा र एक छोरी रहेका छन् ।



