
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य प्रदेश मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
उनले ५६ सांसदको समर्थनसहित उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । नेकपा एमालेले पार्टीको निर्णयद्धारा संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री नबनाएर उनलाई बनाउने निर्णय गरेको थियो ।
८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ ।
आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित दाबी पेश गरेका हुन्



