टी २० विश्वकप अन्तर्गत नेपाल समूहमा रहेको बंगलादेशले नेदरल्याण्डसलाई हराएको छ ।
गएराति भएको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई २५ रनले पराजित गरेको हो ।
बंगलादेशले दिएको १६० रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले ८ विकेटको क्षतिमा केवल १३४ रनमा मात्र समेटियो ।
जितसँगै बंगलादेश तीन खेलमा २ जित निकाल्दै ४ अंक जोडेको छ । नेदरल्याण्डसले भने तीन खेलमध्ये १ जित निकालेर २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।