काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज देशभर मतदान भएको छ ।
बिहान ८ बजेदेखि सुरु भएको मतदान केहीबेरअघि सकिएको हो ।
काठमाडौं उपत्यकाको एउटा केन्द्रसहित देशभरका ३५ वटा मतदान केन्द्रमा मतदान सकिएको निर्वाचन समितिले जनाएको छ ।
कूल २५ पदका लागि ५७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
आजै मतगणना थाल्ने तयारी भएको पनि जनाइएको छ।




