
काठमाडौँ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई एकद्धार सेवा प्रणाली लागू गर्न निर्देशन दिएको छ ।
यसको लागि नौ बुँदे निर्देशन जारी गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयबाट परिपत्र जारी भैसकेको छ । जसमा चालु आ.व.अगावै विद्यमान बजेटबाट एकद्धार सेवा प्रणाली लागू गर्न आवश्यक प्रबन्ध गर्ने उल्लेख छ । र आगामी वर्षका लागि सुधार कार्यगर्न आवश्यक बजेट माग गर्न पनि भनिएको छ।
मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार गरिएको उक्त निर्देशनमा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह भैरहेका सेवाहरुलाई सुधार गरी जनताको अपेक्षा अनुरुप सहज र सेवाग्राहीमैत्री बनाउने सिलसिलामा कतिपय जिल्लामा कार्यान्वयनमा ल्याइएका सृजनात्मक र नव प्रवद्र्धनात्मक उपायहरु तत्काल अघि बढाउन यथाशीघ्र एकद्धार सेवा प्रणाली लागू गर्न आवश्यक भएको औँल्याइएको छ ।



