
काठमाडौं।पहिरोले कर्णाली करिडोर अवरुद्ध भएको छ ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बोक्चेगौंडानजिकै कर्णाली करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो ।
आज बिहान ८ बजे बोक्चेगौंडानजिकै कर्णाली करिडोरमा वर्षाका कारण माथिबाट सडकमा ढुंगा खस्दा बाटो पूर्णरूपमा अवरुद्ध भएको हो ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।





