
भक्तपूर। भक्तपूर रानीकोट हुँदै काभ्रेको पनौती जाने सडकमा निरन्तर पहिरो गैरहँदा आउजाउ अबरुद्ध भैरहेको छ ।
रानीकोट राम्रो सम्भावना भएको पर्यटकीय स्थल हो । यसैगरी काभ्रेको पनौती जोड्ने सबैभन्दा छोटो मार्ग पनि हो यो । कहिले माटो खस्ने,कहिले पहिरो झर्ने त कहिले खानेपानीको पाइप फुटेर बगेको पानीले सडक विगार्ने कारण आवत जावतमा कठिनाई परेको छ ।
अहिले पनि पहिरो गएकोले स्थानीयबासीहरुको तरकारी,दुध लगायत विक्रिको लागि शहरसम्म आउन कठीन परेको छ । साना सवारी साधन र मोटरबाइक पार गर्न छ झन हम्मे परेको स्थानीय मन नारायण श्रेष्ठ बताउँछन् । उनका अनुसार- ‘प्रदेशबाट बजेट छुट्टिएको सुनिएको छ ,बर्षाको कारण काम नभएको हुनसक्छ । पहिरोको बढी क्षति नाला नभएर पनि भएको हो ।’
यसैगरी स्थानीय पर्यटन व्यवसायी रामसुन्दर बके आफैं पटक पटक व्यक्तिगत खर्चमा पहिरो पन्छाउन डोजर लिएर उभिन्छन् उनी भन्छन् – ‘ खानेपानीको पाइप फुटेर सडक झन कमजोर बनेको छ । कुनैपनि बेला दुर्घटनाको सम्भावना हुने खतरा बढेको छ ।’
यो सडक आन्तरिक पर्यटक,राजधानी लगायतका शहरमा जागीर खानेहरु दैनिक ओहोर दोहोर पनि गर्छन् उनीहरु समेत सहज आउजाउमा समस्याले पिडित बनेका छन् ।

यसको दुरगामी समाधानको लागि स्थानीय पालिकाहरु,प्रदेश सरकार र संघीय सरकारको चासो हुनुपर्नेमा स्थानीय सडक उपभोक्ताहरुको जोड रहेको छ । करिव दुई किलोमिटर जति सडक राम्ररी बनाउँने हो भने आउजाउमा सहज हुने देखिँदा सरोकारवालाहरुको यसमा ध्यान जानु जरुरी छ ।
अहिले तत्काल दर्जनौं सँख्यामा स्थानीयबासी र उपभोक्ताहरु पहिरो पन्छाउन लागि परेका छन्
।



