काठमाडौं।सिन्धुपाल्चोक अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
आज बिहान ५ बजे सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, दश किलोस्थित अरनिको राजमार्गमा वर्षाका सडक माथिबाट लेदोसहितको पहिरो आउँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएसँगै सयौँ सवारीसाधन रोकिएका प्रहरीले जनाएको छ ।



