पनौती,काभ्रे । पनौतीमा कुलोले बगाएर बेपत्ता भएकी महिला अझै भेटिएकी छैनन् ।
पनौती नगरपालिका–५ सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरी मेलाबाट फर्कने क्रममा कुलो तर्दा बेपत्ता भएकी थिइन् ।
गिरीको अवस्था पत्ता लाग्न नसकेपछि आजलाई खोजी कार्य स्थगित भएको छ।
आज बिहानबाट पुनः खोजीकार्य हुने प्रहरीले जनाएको छ ।