
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
देशभर आज मौसम मुख्यतया सफा रहनेछ । केही प्रदेशमा आंशिक बदलीको सम्भावना रहेपनि मुख्यतया मौसम सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
कोसी,गण्डकी र कर्णाली प्रदेशमा दिउँसो आंशिक बदली रहने छ। बाँकी प्रदेशको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोसी,गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।






