काठमाडौं । नेपालमा केहििदनदेखि स्थानीय तथा पश्चिमी वायुको प्रभाव परिरहेको छ । यसैको कारण कोशी प्रदेश लगायतका पहाडी भूभागहरुमा आँशिक बदली र बाँकी भागमा मौसम सफा रहने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी लगायत देशका पहाडी भागहरुमा आँशिक बदलीदेखि साधारणतया बदली रही मौसम सफा रहनेछ ।
महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याँग सहित बर्षाको सम्भावना रहेको छ ।