
काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले पार्टी परित्यागको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत उनले कांग्रेसमा अब नरहेको घोषणा गरेका हुन् ।
‘अन्ततः कांग्रेसमा बसिएन।सज्जनका हातमा गोबर छ, पिठ्युँमा घाँसको भारी बोकेर हिँडिरहेका छन्। अनुहारमा सम्भावना बोकेका सोझा नागरिकले पछाडि मात्र सत्य थाहा पाउनेछन्,’ उनले भनेका छन् ।





