
काठमाडौं।नेकपा एमालेले राष्ट्रियसभामा आफूहरूले सात सिट पाउनुपर्ने दाबी गरेको छ ।
हरेक प्रदेशबाट एक सिट पाउनुपर्नेमा आफूहरूले जोड दिएको उपमहासचिव लेखराज भट्टले बताए ।
अरू पार्टीसँग तालमेल गर्ने निर्णय गरिए पनि कुन क्लस्टर पाउने भन्ने निश्चित भइनसकेको उनले जानकारी दिए ।
मंगलबार च्यासलमा बसेको सचिवालय बैठकबाट उमेदवार छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई नै दिइएको भट्टले बताए ।



