काठमाडौं । नेकपा (एमाले)ले समानुपातिकतर्फको बन्दसूची सोमबार निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।
आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै सोमबार निर्वाचन आयोगमा पठाउने निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारिएको उनले जानकारी दिए ।