
स्थानीय ‘पोल’हरूको अनुमानविपरीत भेनेजुएलामा तेस्रोपटक पनि राष्ट्रपति निकोलस मादुरो निर्वाचित भएका छन् । ८० प्रतिशत मतगणनामा उनका पक्षमा ५१ प्रतिशत मत आइसकेको जनाइएको छ ।
उनी सन् २०१३ देखि लगातार राष्ट्रपति पदमा रहेका उनले जितेकोमाअमेरिकाले पनि गम्भीर चासो व्यक्त गरेको छ । यता देशका विपक्षीले मतदानमा अनियमितता भएको आरोप उनीमाथि लगाएका छन् । पछिल्लो निर्वाचन परिणामानुसार मादुरोले आउँदो ६ वर्ष पुनः राष्ट्रपतिको कार्यकाल पूरा बिबिसीले जनाएको छ ।


