
हेटौँडा । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसले आज दाबी पेस गर्ने तयारी गरेको छ ।
कांग्रेसबाट संसदीय दलको नेता बहादुरसिंह लामाले सोमबार सरकारमा दाबी पेस गर्ने भएका हुन् ।
नेता लामाले एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।






