
काठमाडौ । चिनियाँ प्रधानमन्त्री ली चियाङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएकामा केपी शर्मा ओलीलाई बधाइ तथा शुभकामना दिएका छन्।
प्रधानमन्त्री लीले परराष्ट्र मन्त्रालयमार्फत बुधबार एक बधाइ तथा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।
उनले आफ्नो सन्देशमा हिमाल र नदीहरूले जोडिएका दुई छिमेकी मित्रराष्ट्रहरूबीच ६९ वर्षदेखिको मित्रवत् सम्बन्ध पञ्चशीलमा आधारित शान्तिपूर्ण सहअस्तित्व तथा समानताको असल उदाहरण भएको पनि बताएका छन्।




