
बनेपा । साहित्यकार ललिता दोषी(गुल्मी) र गायिका सरस्वती सापकोटा(काभ्रे)लाई शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ समर्पण गरिने भएको छ ।


कवि अमर त्यागीले आफ्ना पितामाताको सम्मानस्वरुप उक्त पुरस्कारको लागि अक्षयकोषको ब्यवस्थापन गर्नुभएको बताइएको छ । उक्त पुरस्कार आगामी साउन महिनामा प्रदान गरिने बरिष्ठ साहित्यकार हरिमञ्जुश्रीले जानकारी दिनुभयो ।






