
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका डा.मुकुल ढकालले सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् ।
१९ गतेको बैठकमा मुखमा कालो टेप लगाएर बस्नु आफ्नो कमजोरी भएको पनि हुनसक्ने उनले बताए । आज काठमाडौमा पत्रकार सम्मेलन गर्दै उनले बैठक स्थगित गरेर आफूसँग संवाद नगरी बैठक राख्नु पनि कमजोरी भएको बताए । त्यसपछि पनि आफूले सभापतिसँग संवाद गर्न खोजे पनि नमानेको ढकालले दाबी गरे ।
जनताको कुरा बोल्दा पार्टीले कारबाही गरेको भन्दै उनले आगामी महिनादेखि कसरी लाग्ने भन्ने विषयमा जनताहरुलाई सोध्ने धारणा पनि उनले ब्यक्त गरे ।
