काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक सरेको छ।
मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबार बिहान ११ बजे बस्ने गरि स्थगित भएको छ । उक्त जानकारी केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए।
पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको थियो। यसैगरी पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने तथा २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने विषयमा छलफल गर्न बैठक बोलाइएको थियो।