काठमाडौं ।काठमाडौं उपत्यकासहित देशका केही स्थानमा मंगलबार वर्षातको सम्भावना छ।
पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट जलवाष्पसहितको वायु नेपाल प्रवेश गर्दा काठमाडौं उपत्यकासहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती मध्ये कतै कतै मेघ गर्जन सहित पानी पर्ने सम्भावना रहेको छ ।
पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट पनि जलवाष्पयुक्त हावा आएकाले अबको दुई–तीन बदलीको सम्भावना छ। बुधबार पनि काठमाडौंसहित देशका केही स्थानमा वर्षातको सम्भावना छ।
लामो समयदेखि ठूलो वर्षा नहुँदा देशभर वायु प्रदूण बढेको छ । काठमाडौंसहित देशका धेरै सहरमा उच्च प्रदूषण छ । काठमाडौं लगातार विश्वकै प्रदूषित सहर बन्दै आएको छ ।
=