
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी संसदीय दलको बैठक बोलाएको छ।
अहिले बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा बैठक बस्ने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताए।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरणमा छलफल हुने उनले बताएका छन्।



