काठमाडौं । राष्ट्रिय स्वत्न्त्र पार्टी (रास्वपा)ले नेपाल विद्युत प्राधिकरणको घाटामा रहेको भनिएकोबारे ऊर्जामन्त्रीसँग जवाफ मागेको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाकी सचेतक निशा डागीले प्राधिकरणको घाटामा रहेको भनिएको बारे ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कासँग जवाफ मागेकी छिन ।
४६ अर्ब ४७ करोड नाफामारहेको भनिएको प्राधिकरण एक्कासी एक महिनाभित्र ५ अर्ब २६ करोड घाटामा छ भनेको सुनिएको छ । यस विषयमा सदनमा आएर उर्जामन्त्रीज्युलाई जवाफ दिन माग गर्दछु’, उनले भनिन् ।