काठमाडौं ।नेप्से परिसूचक आइतबार ११.५३ अंकले घटेको छ । बजार घटेर २६५०.११ विन्दुमा बन्द भएको हो ।
गएको बिहीबार ११ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आइतबार १० अर्ब २० करोड रुपैयाँको कारोबार हुदा अघिल्लो भन्दा कम रकम रहेको छ। ।
८२ कम्पनीको सेयर मूल्य बढ्यो । १६४ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यी कम्पनीले भर्खरै आईपीओ निष्कासन गरेका हुन् ।
दोस्रो बजारमा सूचीकृत भएदेखि नै यी कम्पनीको सेयर मूल्य लगातार बढिरहेको छ । आईपीओ निष्कासन गर्नेबित्तिकै कसैले पनि बिक्री नगर्ने र माग बढ्दा सेयर मूल्य लगातार उकालो लागिरहेको छ ।
जोशी हाइड्रोपावर र हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । सिन्धु विकास बैंकको सेयर मूल्य ७.४५ प्रतिशतले घटेको छ ।
कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ ।